आइपिएलमा राजस्थानद्वारा लखनउ ७ विकेटले पराजित   

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्स विजयी भएको छ । शनिबार राति भएको खेलमा राजस्थानले लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित  गरेको हो ।

जारी सिजनमा राजस्थानको यो आठौँ जित हो भने लखनउको पाँचौं हार । लखनउको घरेलु मैदान इकाना स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९६ रन बनाएको थियो । लखनउका लागि केएल राहुलले ७६ तथा दीपक हुड्डाले ५० रनको अर्धशतकीय पारी खेले भने  आयुष बडोनी १८ र क्रुनाल पाण्डेय १५ रनमा अविजित रहँदा निकोलश पुरनले ११ रन बनाए ।



राजस्थानका लागि सन्दीप शर्माले २ विकेट लिए भने ट्रेन्ट बोल्ट, आभेश खान र रविचन्द्र आश्विनले भागमा समान १-१ विकेट रह्यो । १९७ रनको लक्ष्य लिएर मैदान उत्रेको राजस्थानले १९ औं ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍याे । राजस्थानको लागि सन्जु स्यामसन र ध्रुव जुरेलले अविजित रहँदै ७१ र ५२ रनको अर्धशतकीय पारी खेले भने  जोस बटलेर ३४ रन जोड्दा यश्स्वी जैसवालले २४ र रियान परागले १४ रन बनाए । जितसँगै राजस्थान ९ खेलमा ८ जित र १ हार सहित १६ अंक जोड्दै प्लेअफ नजिक पुगेको छ भने समान खेलमा ५ जित र ५ हारसहित १० अंक जोडेको लखनउ चौथों स्थानमा रहेको छ  ।

सम्बन्धित समाचार