आइपिएलमा चेन्नईद्वारा हैदराबाद ७८ रनले पराजित

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किंग्स विजयी भएको छ ।आइतबार राति भएको खेलमा चेन्नईले सनराइजर्स हैदराबादलाई ७८ रनले पराजित गरेको हो ।

जारी सिजनमा चेन्नईको यो पाँचौं जित हो भने हैदराबादको चौथों हार । चेन्नईको घरेलु मैदान एमए चिदम्बरम स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नई निर्धारित २० ओभरमा ३  विकेट गुमाउँदै २१२ रन बनाएको थियो । चेन्नईको लागि कप्तान ऋतुराज गायकवाडले ९८ र डेरिल मिचेलले ५२ रनको अर्धशतकीय पारी खेले भने शिवम दुबे ३९ र महेन्द्र सिंह धोनी ५ रनमा अविजित रहे ।



हैदराबादको लागि भुवनेश्वर कुमार, टी. नटराजन र जयदेव उनदकटले समान १-१ विकेट लिए । २१३ रनको लक्ष्य लिएर मैदान उत्रेको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटिएको थियो । हैदराबादका लागि एडेन मार्करामले ३२ रन बनाए भने हेनरिक क्लासेनले २० रन जोडे । त्यस्तै अब्दुल समादले १९ रन जोड्दा नितिस कुमार रेड्डी र अभिषेक शर्माले समान १५-१५ तथा ट्राभिस हेडले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

चेन्नईको लागि तुषार देशपाण्डेले ४ विकेट लिए भने मुस्तफिजुर रहमान र मथिसा पथिरानाले समान २–२ विकेट लिँदा रविन्द्र जडेजा र शार्दुल ठाकुरको भागमा समान १-१ विकेट रह्यो । जितसँगै चेन्नई ९ खेलमा ५ जित र ५ हारसहित १० अङ्क जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने समान खेलमा ५ जित र ५ हारसहित १० अंक नै रहेको हैदराबाद चौथो स्थानमा रहेको छ ।

 

 

 

 

सम्बन्धित समाचार