आइपिएलमा कोलकाताद्वारा दिल्ली ७ विकेटले पराजित  

इन्डियन प्रिमियर लिग (आइपिएल)मा कोलकाता नाइटराइडर्स विजयी भएको छ । सोमबार राति भएको खेलमा कोलकाताले दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गरेको हो ।

जारी सिजनमा कोलकाताको यो छैटौं जित हो भने दिल्लीको छैटौं हार । कोलकाताको घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५३ रन बनाएको थियो । दिल्लीका लागि कुलदिप यादवले अविजित रहँदै ३५ रन बनाए भने कप्तान ऋषभ पन्तले २७ रन जोडे  ।



त्यस्तै, अभिषेक पोरलले १८ रन जोड्दा अक्षर पटेलले १५, पृथ्वी साहाले १३ र ज्याक फ्रेसर म्यागुर्कले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । कोलकाताका लागि वरुण चक्रवतीले ३ विकेट लिए भने विवेक अरोर र हर्षित रानाले समान २-२ विकेट लिँदा मिचेल स्टार्क र सुनिल नारेनको भागमा समान १-१ विकेट रह्यो ।

१५४ रनको लक्ष्य लिएर मैदान उत्रिएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍याे । कोलकाताका लागि फिल साल्टले ६८ रनको अर्धशतकीय पारी खेले भने कप्तान श्रेयस अय्यर ३३ र बेंकटेस अय्यर २६ रनमा अविजित रहे ।

यस्तै सुनिल नारेनले १५ रन बनाई आउट भएको भने रिन्कु सिंहले ११ रन जोडे ।दिल्लीका लागि अक्षर पटेलले २ विकेट लिए भने लिजाद विलयम्सले एक विकेट हात पारे । जितसँगै कोलकाता ९ खेलमा ६ जित र ३ हारसहित  १२ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने ११ खेलमा ५ जित र ६ हारसहित १० अंक जोडेको दिल्ली छैटौं स्थानमा रहेको छ ।

 

सम्बन्धित समाचार