मृत अवस्थामा दुई जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा दुई जना फेला परेका छन् । रूपन्देही, मर्चवारी गाउँपालिका-७ श्रीरामपुर बस्ने ३८ वर्षीय बैजनाथ चाई आफ्नै घरको आँगनमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१२ देवकोटा चोक डेरा गरी बस्ने देवदह नगरपालिका-१२ प्रगतिनगर माईती घर भएकी ४० वर्षीया सिता परियार आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।



यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार