आइपिएलमा लखनउद्वारा मुम्बई ४ विकेटले पराजित

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्स विजयी भएको छ । मंगलबार राति भएको खेलमा लखनउले मुम्बई इन्डियन्सलाई ४ विकेटले पराजित गरेको हो ।

जारी सिजनमा लखनउको यो छैटौं जित हो भने मुम्बईको सातौँ हार । लखनउको घरेलु मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनाएको थियो । मुम्बईका लगि नेहल वाधेराले ४६ रन बनाए भने टिम डेभिड ३५ रनमा अविजित रहे । त्यस्तै इशान किशनले ३२ रन जोड्दा सूर्यकुमार यादवले १० रन बनाए । लखनउका लागि मोहसिन खानले २ विकेट लिए भने मार्कुस स्टोइनिस, नभिन उल हक, मंयक यादव र रवि विश्वइको भागमा समान १-१ विकेट रह्यो ।



१४५ रनको लक्ष्य लिएर मैदान उत्रेको लखनउले १९.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । लखनउको लागि मार्कुस स्टोइनिसले ६२ रनको अर्धशतकीय पारी खेले भने केएल राहुलले २८ रन बनाए । यस्तै दिपक हुडाले १८ रन जोड्दा निकोलस पुरनले १४ रन बनाए । मुम्बईका लागि हार्दिक पाण्ड्याले २ विकेट लिए भने नुवान थुसारा, जेर्राल्ड कोएट्जे र मोहम्मद नावीको भागमा समान १-१ विकेट रह्यो ।

जितसंगै लखनउ १० खेलमा ६ जित र २ हारसहित १२ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने समान खेलमा ३ जित र ६ हारसहित ६ अंक जोडेको मुम्बई पुछारबाट दोस्रो स्थानमा रहेको छ । आइपिएलमा आज नेपाली समय अनुसार पौने आठ बजे चेन्नई सुपर किंग्स र पञ्जाव किंग्स चेन्नईमा भिड्दै छन्।

 

सम्बन्धित समाचार