मृत अवस्थामा नौ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा नौ जना फेला परेका छन् । मोरङ, सुन्दर हरैचा नगरपालिका-५ गोर्खाली टोल बस्ने ४५ वर्षीया मनमाया तामाङ आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । प्रारम्भिक अनुसन्धानको क्रममा मनमायाकै श्रीमान ५० वर्षीय पदम बहादुर तामाङले उनको हत्या गरी फरार भएको खुल्न आएपछि हाल फरार तामाङको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै सुनसरी, धरान उपमहानगरपालिका-१ आदर्श मार्ग बस्ने संखुवासभा घर बताउने ६२ वर्षीया सिता तामाङ बस्दै आएको घरको भर्‍याङमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । यस्तै रौतहट, चन्द्रपुर नगरपालिका-२ फुलबारी नयाँबस्तीस्थित खोल्सामा सोही नगरपालिका-२ बस्ने ४० वर्षीय बिर्ज बहादुर बम्जन बिहीबार मृत अवस्थामा फेला परेका छन् ।



उता दाङ, घोराही उपमहानगरपालिका-१० नारायणपुर बस्ने ७७ वर्षीय याम बहादुर थापा आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यता उदयपुर, त्रियुगा नगरपालिका-३ भुल्केमा ताप्ली गाउँपालिका-३ बस्ने ५७ वर्षीया दिल कुमारी मगर बिहीबार मृत अवस्थामा पेला परेकी छिन् ।

यसैगरी रूपन्देही, सिद्धार्थनगर नगरपालिका-४ दोगहरास्थित बाटोको छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी नवलपरासी पश्चिम, सुस्ता गाउँपालिका-१ रूपौलिया गण्डक नहरस्थित टहरामा भारत घर भएका ७० वर्षीय पारस मल्लाह बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै कपिलवस्तु, बुद्धभूमि नगरपालिका-१ आओसोचि जंगलस्थित खोलामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीय महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् । उता धनुषा, गणेशमान चारनाथ नगरपालिका-५ सोलार खोलास्थित दहमा सोही ठाउँ बस्ने ४७ वर्षीय भोगेन्द्र बहादुर भुजेल बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार