नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ वैशाख ।
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग अनुसार आज (शुक्रवार) लुम्बिनी, गण्डकी,कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिक वदली भई बाँकी भू-भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहने छ ।
यस्तै आज राति सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भु-भागमा आंशिक देखि साधारणतया वदली भई बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी,र गण्डकी प्रदेशका एक दुइ स्थानमा हावा-हुरीको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।