कोलकातासँग पराजित भएसँगै मुम्बईको प्लेअफ पुग्ने सम्भावना समाप्त 

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा कोलकाता नाइटराइडर्ससँग पराजित भएसँगै मुम्बई इन्डियन्सको प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ । शुक्रबार राति भएको खेलमा कोलकाता नाइटराइडर्ससँग २४ रनले पराजित हुँदै मुम्बईको प्लेअफ पुग्ने सम्भावना समाप्त भएको हो ।

हारसँगै मुम्बई जारी संस्करण लिग चरणबाटै बाहिरिने पहिलो टोली बन्न पुगेको छ । मुम्बईको घरेलु मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाता १९.५ ओभरमा १६९ रनमा अल आउट भएको थियो । ५७ रनको स्कोरमा पाँच विकेट गुमाएको कोलकाताको पारी वेंकटेश अय्यर र मनिष पाण्डेले उकासेका थिए ।



यी दुईले छैटौं विकेटका लागि ८३ रनको साझेदारी गरेका थिए । बेंकटेस ७० रन्को अर्धशतकीय पारी खेले भने  मानिसले ४२ रन बनाएका थिए । मुम्बईको लागि नुवान थुसरा र जसप्रित बुमराहले समान ३-३ विकेट लिए भने हार्दिक पाण्ड्याले २ विकेट लिँदा पियुष चावलाको भागमा १ विकेट रह्यो ।

१७० रनको लक्ष्य लिएर मैदान उत्रेको मुम्बई १८.५ ओभरमा १४५ रनमा समेटिएको थियो । मुम्बईका लागि सुर्यकुमार यादवले ५६ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै टिम डेभिडले २४ रन जोड्दा इशान किशनले १३ तथा रोहित शर्मा र नमन धीरले समान ११-११ रन जोडे ।

 

कोलकाताको लागि मिचेल स्टार्ककले ४ विकेट लिए भने वरुण चक्रवर्ती, सुनिल नारेन र आन्द्रे रसेलको भागमा  समान २-२ विकेट रह्यो । आइपिएलमा आज नेपाली समय अनुसार पौने आठ बजे रोयल च्यालेन्जर्स बैंगलोर र गुजरात टाइटन्स बेङ्गलुरुमा भिड्दै छन् ।

सम्बन्धित समाचार