जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

काठमाडौं महानगरपालिका-१४ लामपटी बस्ने आनन्द श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा नुवाकोट घर भएका ४० वर्षीय किरण राना मगर समेत ७ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार ३ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।



यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार