मृत अवस्थामा छ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा छ जना फेला परेका छन् । कञ्चनपुर, बेदकोट नगरपालिका-१० चतहरी बस्ने २३ वर्षीय बिशाल कामी आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै ताप्लेजुङ, सिरिजङ्घा गाउँपालिका-८ याम्फुदिन बस्ने ४१ वर्षीय पदम कुमार राई सोही ठाउँस्थित लामी डाँडा भिरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस्तै बर्दिया, राजापुर नगरपालिका-१० झप्टी बस्ने ४२ वर्षीया ठुलिमाया तामाङ आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।



उता रोल्पा, रोल्पा नगरपालिका-२ र ६ को सिमाना पर्ने माडी खोलामा सोही नगरपालिका-४ लिवाङ बस्ने १८ वर्षीय भुवन कवर शनिबार मृत अवस्थामा फेला परेका छन् । यता बाजुरा, स्वामीकार्तिक खापर गाउँपालिका-२ लामवाडास्थित कर्णाली नदीमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी २० वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी रसुवा, गोसाईकुण्ड गाउँपालिका-१ पेलदानखर्कस्थित भिरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार