मृत अवस्थामा ११ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ११ जना फेला परेका छन् । बर्दिया, बढैयाताल गाउँपालिका-१ सानो डाँफे बटैयास्थित गौमती चौहानको घर आँगनमा बाँके नेपालगंज उपमहानगरपालिका-६ फुल्टेक्रा बस्ने ५५ वर्षीय साबिर शेख आइतबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै काठमाडौं महानगरपालिका-३१ पुरानो बानेश्वर भिमसेनगोला डेरा गरी बस्ने सोही महानगरपालिका-९ घर भएका ३९ वर्षीय संजिव नेपाली आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौं, चन्द्रागिरि नगरपालिका-१५ स्थित सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै तनहुँ, ब्यास नगरपालिका-१० शियोर रातोमाटे बस्ने ३३ वर्षीय अनिल दाहाल आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । उता रूपन्देही, बुटवल उपहानगरपालिका-२ डेरा गरी बस्ने सुर्खेत गंगा नगरपालिका-१ माथिल्लो भर्‍याङ घर भएका ५० वर्षीय चन्द्र बहादुर बूढा रूपन्देही देवदह नगरपालिका-१० चरङ्गे जङ्गलमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यता संखुवासभा, सिलिचोंङ गाउँपालिका-१ बेतनी बस्‍ने ६० वर्षीया गन्जी माया राई सोही ठाउँस्थित बेतिनी खोलामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । वैशाख १६ गते देखि हराई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

उता बाजुरा, स्वामी कार्तिक खापर गाउँपालिका-२ लामवाडास्थित कर्णाली नदीमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी २० वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् । त्यसैगरी मोरङ, सुन्दर हरैचा नगरपालिका-१० बागझोरा लोहन्द्रा केराबारी साझेदारी वनमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै रसुवा, गोसाईकुण्ड गाउँपालिका-१ पेलदान खर्कस्थित भिरमा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै दोलखा, जिरी नगरपालिका-९ ठुलोपातल घर भई गौरीशंकर गाउँपालिका-५ सुम्नास्थित छोरीको घरमा बस्दै आएका ६० वर्य रत्न बहादुर सुनुवार सोही ठाउँस्थित गुरूम्फी खोलामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै रामेछाप, मन्थली नगरपालिका-५ सुनारपानी रोक्का टोल बस्ने ३९ वर्षीय सन्दिप रोक्का सोही ठाउँस्थित बारीमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार