मृत अवस्थामा सात जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा सात जना फेला परेका छन् । बाँके, राप्तीसोनारी गाउँपालिका-८ स्थित सालको रूख भन्ने स्थान नजिकै सोही नगरपालिका-८ जिरो बस्ने ५४ वर्षीय गौरीलाल डांगी सोमबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै काठमाडौं महानगरपालिका-४ शंखपार्कमा हाल, नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस्तै नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-७ देउरवास्थित जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।



उता रूपन्देही, बुटवल उपमहानगरपालिका-८ चौराहास्थित सार्वजनिक शौचालय पछाडि सोही उपमहानगरपालिका-११ बुद्बनगर बस्ने २६ वर्षीय बिपिन बिक आइतबार मृत अवस्थामा फेला परेका छन् । यता बैतडी, पाटन नगरपालिका-६ पाटन बजारस्थित दिल बहादुर चन्दको पुरानो कच्ची घरमा बस्दै आएका दाङ भालुवाङ घर भएका २२ वर्षीय दिपेन्द्र घर्ती मगर सोही घरको बार्दलीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी ललितपुर, गोदावरी नगरपालिका-७ घट्टेकुलोको सडकमा सोही नगरपालिका-७ देउराली घर भएकी ७५ वर्षीया बिष्णु माया तामाङ आइतबार मृत अवस्थामा फेला परेकी छिन् । त्यसैगरी बागलुङ, बागलुङ नगरपालिका-४ स्थित कालिगण्डकी नदीको किनारमा जैमीनी नगरपालिका-९ धुल्लु घर भई हाल बागलुङ नगरपालिका-४ छिपछिपे ओडारमा बस्ने ४० वर्षीया बिष्णु बिक आइतबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार