स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

पर्सा, वीरगंज महानगरपालिका-१४ गण्डक चोकबाट श्रोत नखुलेको १३ लाख १५ हजार रूपैयाँसहित सोही महानगरपालिका-२२ जगरनाथपुर बस्ने २८ वर्षीय रवि कुमार पटेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले वीरगंजबाट परवानीपुरतर्फ जाँदै गरेको प्रदेश २-०३-०१० प ६७१९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई झोलाभित्र लुकाई ल्याएको उक्त रकमसहित पक्राउ गरेको हो ।



यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार