चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ

चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं शंखरापुर नगरपालिका-१२ बस्ने विवेक भन्ने ४० वर्षीय बिनोद थापा मगरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ हरहरमहादेव बस्ने रूपक बस्नेतको घरबाट गत चैत ३ गते मोवाइल, ल्यापटप लगायतको धनमाल तथा गोकर्णेश्वर नगरपालिका-५ बस्ने सृष्टी लामा समेतका घरबाट वैशाख २४ गते विभिन्न मोवाइल, ल्यापटप लगायतका धनमाल चोरी भएको घटनामा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।



उनको साथबाट ल्यापटप १ थान, मोवाइल १० थान, आइप्याड १ थान र ट्याव १ थान बरामद भएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

सम्बन्धित समाचार