पारसद्वारा सन्दीपको विषयमा अनावश्यक ढंगले आफ्नो नाम जोडेर चरित्र हत्या गर्न खोजिएको भन्दै आपत्ति

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले आफूलाई सन्दीप लामिछानेको विषयमा अनावश्यक ढंगले आफ्नो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले आफू माथि भइरहेको नियोजित षड्यन्त्रलाई ढिलो चाँडो कानुनी दायरामा ल्याउने बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् ।

उनले आफ्नो नाम जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै कानुनी उपचारको बाटो खोज्ने चेतावनी दिएका छन् । खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले विभिन्न व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहिन तरिकाले लगाइरहेका आरोपको खण्डन गर्दै गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।



उनले भनेका छन्, ‘पछिल्लो केहि समययता सामाजिक संजालमा मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले विभिन्न व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहिन तरिकाले ममाथि भइरहेको व्यक्तिगत आरोपप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘नेपालको कानुनले कसैलाईपनि विना प्रमाण चरित्र हत्या गर्ने वा तर्क नराखी व्यक्तिगत आरोप लगाउने छुट दिएको छैन । नेपालको कानुनले सबैलाई कानुनी उपचारको बाटो खुल्ला राखेको छ’ खड्काले भनेका छन्, ‘नेपाली क्रिकेटसँग सम्बन्धित विभिन्न पक्षहरू र विशेषतः सन्दीप लामिछानेसँग जोडिएको मुद्दामा सम्मानित जिल्ला अदालतबाट पहिलो तहको फैसला भएको र उच्च अदालतबाट अन्य कुरा प्रष्ट हुँदै जानेनै छ ।’

त्यस्तै उनले नेपाली क्रिकेटको विकास र विस्तारप्रतिको आफ्नो अठोटमा कदापि पनि परिवर्तन नआउने भन्दै सबैमाझ संकल्प गरेका  छन् ।

पारसको स्टाटस 

“नेपालको कानुनले कसैलाईपनि विना प्रमाण चरित्र हत्या गर्ने वा तर्क नराखी व्यक्तिगत आरोप लगाउने छुट दिएको छैन। नेपालको कानुनले सबैलाई कानुनी उपचारको बाटो खुल्ला राखेको छ।

नेपाली क्रिकेटसंग सम्बन्धित विभिन्न पक्षहरू र विशेषतस् सन्दिप लामिछानेसंग जोडिएको पछिल्लो मुद्दामा सम्मानित जिल्ला अदालतबाट पहिलो तहको फैसला भएको र उच्च अदालतबाट अन्य कुरा प्रष्ट हुँदै जाने नै छ।

यो सबैका विच समेत तर्कहिन तरिकाले मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले म माथी भैरहेको नियोजित षड्यन्त्रलाई ढिलो चांडो कानुनी दायरामा ल्याउने समेत जानकारी गराउन चाहन्छु।

अन्त्यमा नेपाली क्रिकेटप्रतिको मेरो निस्वार्थ भावना र यसको विकास, विस्तार प्रतिको मेरो अठोटमा कदापि पनि परिवर्तन नआउने समेत सम्पूर्णका विच संकल्प गर्दछु।”

सम्बन्धित समाचार