‘नगदमा हर्ष बनिरहोस्, नयाँ वर्ष शुभ रहोस्’ विजेताको नाम सार्वजनिक

वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरुले नयाँ वर्ष लक्षित ‘नगदमा हर्ष बनिरहोस्, नयाँ वर्ष शुभ रहोस्’ अभियानको विजेता, शवाना प्रविनको नाम सार्वजनिक गरेका छन् । विजेता प्रविनले बम्पर लक्की ड्रमार्फत एक लाख नगद प्राप्त गरेकी छन् ।

वेस्टर्न युनियनका सुपर एजेन्टहरु, एटीटी रेमिट, सीजी फिन्को, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटका प्रतिनिधिहरुका बीच काठमाडौँमा आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको हो ।



नेपालमा सत्ताइस वर्षभन्दा बढी समयदेखि रेमिट्यान्स सेवा प्रदान गर्दै आएको वेस्टर्न युनियनले नयाँ वर्षलाई लक्षित गरी ‘नगदमा हर्ष बनिरहोस्, नयाँ वर्ष शुभ रहोस्’ अभियान शुरु गरेको थियो । बम्परमा एक लाखबाहेक पाँच हप्तासम्म पैंतिस भाग्यशाली ग्राहकहरुले १५÷१५ हजार नगद रकम जित्ने मौका पनि प्राप्त गरेका थिए ।

नेपालकै पहिलो रेमिट्यान्स सेवा प्रदायक वेस्टर्न युनियन मनी ट्रान्सफरले नेपालीहरुलाई सन् १९९६ देखि विश्वका २०० भन्दा बढी देश र क्षेत्रहरुबाट पैसा प्राप्त गर्ने सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचार