आफ्नै श्रीमानको हत्या गरेको आरोपमा पक्राउ

दाङ, घोराही उपमहानगरपालिका-१८ बस्ने ५५ वर्षीय ओबिराम वलीको हत्या गरेको अभियोगमा उनकै श्रीमती ४२ वर्षीया होटी वलीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ओबिराम घर नजिकै रहेको घाइते अवस्थामा बुधबार राति फेला परी उपचारको लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही लगिएको उपचारको क्रममा भएको भएको भन्ने खबर बिहीबार प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले होटीलाई पक्राउ गरेको हो ।



साथै सोधपुछको क्रममा उनीहरू बिच झै-झगडा हुँदा होटीले कुटपिट गरेको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार