अवैध रूपमा भन्सार छलि लैजान लागेको सुनसहित पक्राउ

भन्सार छलि अवैध रूपमा संकलन गरी लैजान लागेको करिब २५ ग्राम तौलको सुन जस्तो देखिने पहेंलो धातुको बेरूवा औठी १ थानसहित प्युठान गौमुखी गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ४१ वर्षीय अम्बर तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बाह्‍य मुलुकबाट नेपाल आएका यात्रुहरूलाई भन्सार छलि गर्न लगाई उक्त धातु संकलन गरी लैजान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन पार्किङ एरियाबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।



उनलाई आवश्‍यक अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

सम्बन्धित समाचार