स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट दुई जना पक्राउ

काठमाडौँको दरबारमार्गबाट स्रोत नखुलेको नगदसहित दुइ जना पक्राउ परेका छन्  ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले गए राति दरबारमार्गबाट स्रोत नखुलेको रु ९८ लाखसहित दुईजनालाई पक्राउ गरेको हो ।



पक्राउ पर्ने दुवैजना बुटवल घर भएका पुरुष रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । यस विषयमा प्रहरीले आजै  काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गराइने प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार