नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० वैशाख ।
सुनको मूल्य प्रतितोला ५०० ले बढेको छ । स्थानीय बजारमा आज (आइतबार) छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ३८ हजार ४०० रहेकोमा शुक्रबार रु १ लाख ३७ हजार ९०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ३७ हजार ७५० रहेकामा शुक्रबार प्रतितोला रु १ लाख ३७ हजार २५० मा कारोबार भएकोे थियो ।
यता आज चाँदीको मूल्य भने शुक्रबारको मूल्य भन्दा १० रुपैयाँ घट्दै एक हजार ७२५ मा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजर ७३५ मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।