आइपिएलमा चेन्नईद्वारा राजस्थान ५ विकेटले पराजित   

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्स विजयी भएको छ । आइतबार भएको खेलमा चेन्नईले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेको हो ।

जारी सिजनमा चेन्नईको यो सातौं जित हो भने राजस्थानको तेस्रो हार । चेन्नईको एमए चिदम्बरम क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १सय ४१ रन बनाएको थियो । राजस्थानका लागि रियान परागले अविजित रहँदै ४७ रन बनाए भने धुव्र जुरेलले २८ रन जोडे ।



त्यस्तै यशस्वी जसैवालले २४ रन जोड्दा जोश बट्लरले २१ र कप्तान सञ्जु स्यामसनले १५ रन बनाए । चेन्नईका लागि सिमरजित सिंहले ३ विकेट लिए भने तुषार देशपाण्डेको भागमा २ विकेट रह्यो । १ सय ४२ रनको लक्ष्य लिएर मैदान उत्रेको चेन्नईले १८.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

चेन्नईका लागि कप्तान रुतुराज गायकवाडले अविजित रहँदै ४२ रन बनाए भने रचिन रविन्द्रले २७ रन जोड्दा ड्यारिल मिचेलले २२, शिभम दुबेले १८ र मोइन अलीले १० रन बनाए । राजस्थानका लागि रविचन्द्रन आश्विनले दुई विकेट लिए भने नान्द्रे बर्गर र युज्वेन्द्र चहलको भागमा समान १-१ विकेट रह्यो ।

जितसँगै चेन्नई १३ खेलमा ७ जित र ६ हारसहित १४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने १२ खेलबाट १६ अंकका जोडेको राजस्थान दोस्रो स्थानमा रहेको छ ।

 

सम्बन्धित समाचार