सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कति पुग्यो तोलाको ?

सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । बिहीबार तोलामा १ हजार ६०० रुपैयाँ वृद्धि भइ सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक मूल्य पुगेको हो ।

स्थानीय बजारमा आज (बिहीबार) छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ४० हजार रहेकोमा बुधबार रु १ लाख ३८ हजार ४०० मा कारोबार भएको थियो ।



नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ३९ हजार ३०० रहेकामा बुधबार प्रतितोला रु १ लाख ३७ हजार ७५० मा कारोबार भएकोे थियो ।

यता आज चाँदीको मूल्य पनि बुधबारको मूल्य भन्दा ६० रुपैयाँ घट्दै एक हजार ८०५ मा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजर ७४५ मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

सम्बन्धित समाचार