नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ जेठ ।
सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । आइतबार तोलामा १ हजार ६०० रुपैयाँ वृद्धि भइ सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक मूल्य पुगेको हो ।
स्थानीय बजारमा आज (आइतबार) छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ४० हजार ९०० रहेकोमा शुक्रबार रु १ लाख ३९ हजार ३०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ४० हजार २०० रहेकामा शुक्रबार प्रतितोला रु १ लाख ३८ हजार ६५० मा कारोबार भएकोे थियो ।
यता आज चाँदीको मूल्य पनि शुक्रबारको मूल्य भन्दा ११० रुपैयाँ बढ्दै एक हजार ९१० मा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजर ८०० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।