सुनको मूल्यमा पुन: ऐतिहासिक रेकर्ड, आज कति पुग्यो तोलाको ?

सुनको मूल्यले पुन: ऐतिहासिक रेकर्ड कायम गरेको छ । सोमबार तोलामा ९०० रुपैयाँ वृद्धि भइ सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक मूल्य पुगेको हो ।

स्थानीय बजारमा आज (सोमबार) छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ४१ हजार ८०० रहेकोमा आइतबार रु १ लाख ४० हजार ९०० मा कारोबार भएको थियो ।



नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ४१ हजार १०० रहेकामा आइतबार प्रतितोला रु १ लाख ४० हजार २०० मा कारोबार भएकोे थियो ।

यता आज चाँदीको मूल्य पनिआइतबारको मूल्य भन्दा ३० रुपैयाँ बढ्दै एक हजार ९४० मा कारोबार भएको छ । आइतबार चाँदी प्रतितोला एक हजर ९१० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

सम्बन्धित समाचार