नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ जेठ ।
सुनको मूल्य रु १ हजार २०० ले घटेको छ । स्थानीय बजारमा आज (मंगलबार) छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ४० हजार ६०० रहेकोमा सोमबार रु १ लाख ४१ हजार ८०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ३९ हजार ९०० रहेकामा सोमबार प्रतितोला रु १ लाख ४१ हजार १०० मा कारोबार भएकोे थियो ।
यता आज चाँदीको मूल्य पनि सोमबारको मूल्य भन्दा ५५ रुपैयाँ घट्दै एक हजार ९४० मा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला एक हजर ८८५ मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।