कोलकाता आइपिएलको फाइनलमा, हैदराबाद ८ विकेटले पराजित   

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो क्वालिफायर खेलमा कोलकाता नाइट राइडर्स  विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पहिलो खेलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गर्दै कोलकाता फाइनलमा पुगेको हो ।

अहमदाबादमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले १९.३ ओभरमा १५९ रनमा समेटिएको  थियो । हैदराबादका लागि राहुल त्रिपाठीको ५५ रनको अर्धशतकीय पारी खेले भने हेनरिच क्लासेनले ३२ रन बनाए । त्यस्तै प्याट कमिन्सले ३० रन जोड्दा अब्दुल सामदले १६ रन बनाए । कोलकाताका लागि मिचेल स्टार्कले ३ विकेट लिए भने वरुण चक्रवर्तीको भागमा २ विकेट रह्यो ।



१६० रनको लक्ष्य लिएर मैदान उत्रेको कोलकाताले १३.४ ओभरमै २ विकेट गुमाउँदै पूरा गर्यो । कोलकाताका लागि कप्तान श्रेयस अय्यरले अविजित रही ५८ र वेंकटेस अय्यरले अविजित रहँदै ५१ रनको अर्धशतकीय पारी खेले । यस्तै रमनुल्लाह गुर्वाजले २३ रन जोड्दा सुनिल नारेनले २१ रन बनाए ।

हैदराबादका लागि प्याट कमिन्स र टी नटराजनले समान १-१ विकेट लिए । हारका बाबजुद पनि हैदराबादले फाइनल प्रवेशको लागि अर्को मौका प्राप्त गर्नेछ । आज हुने राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच हुने इलिमेटर खेलको विजेतासँग टोलीले हैदराबादले दोस्रो क्वालिफायर खेल्नेछ । यता आजको खेलमा पराजित हुने तोल्लीपनि बाहिरिनेछ ।

सम्बन्धित समाचार