अवैध रूपमा भन्सार छलि लैजान लागेको सुनसहित पक्राउ

भन्सार छलि अवैध रूपमा संकलन गरी लैजान लागेको ७५ ग्राम तौलको सुन जस्तो देखिने पहेंलो धातुको सिक्री ३ थानसहित सर्लाही कौडेना गाउँपालिका-७ ठेगाना भएका २२ वर्षीय मोहमद नईमुदीनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बाह्‍य मुलुकबाट नेपाल आएका यात्रुलाई भन्सार छलि गर्न लगाई उक्त धातु संकलन गरी लैजान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन पार्किङ एरियाबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।



उनलाई आवश्‍यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

सम्बन्धित समाचार