डुबेर तीन जनाको मृत्यु

देशका विभिन्न स्थानमा डुबेर तीन जनाको मृत्यु भएको छ । पाल्पा, तिनाउ गाउँपालिका-३ तल्लो सिद्दबाबास्थित तिनाउ खोलामा डुबेर रूपन्देही बुटवल उपमहानगरपालिका-७ हिलपार्क बस्ने १७ वर्षीय राजिव लामाको बुधबार दिउँसो मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शव फेला पारेको हो । त्यस्तै कपिलवस्तु, कपिलवस्तु नगरपालिका-११ बनगाई बस्ने २५ वर्षीय साजिद डफलीको सोही ठाउँस्थित मर्थी खोलामा डुबेर बुधबार साँझ मृत्यु भएको छ ।



यस्तै सर्लाही, चन्द्रपुर गाउँपालिका-६ कामत टोलस्थित पोखरीमा डुबेर चक्रघट्टा गाउँपालिका घर भएका राकेश मुखियाको छोरा ४ वर्षीय कार्तिक मुखियाको बुधबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार