नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ पुस ।
देशका विभिन्न स्थानबाट मृत अवस्थामा दुई जना फेला परेका छन् । रामेछाप, गोकुलगंगा गाउँपालिका-२ ठोसेस्थित खिम्ती खोलामा दोलखा जिरी नगरपालिका-२ बस्ने ५५ वर्षीय कुल बहादुर विक शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
नुहाउने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ठोसेबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शव फेला पारेको हो । त्यस्तै इलाम, रोङ गाउँपालिका-६ अमले कुइना मेची किनारमा हाल नाम, थर, वतननखुलेकी अन्दाजी ६५ वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।