नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ जेठ ।
सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । शुक्रबार तोलामा १ हजार रुपैयाँ वृद्धि भइ सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक मूल्य पुगेको हो ।
स्थानीय बजारमा आज (शुक्रबार) छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ४५ हजार रहेकोमा बिहीबार रु १ लाख ४४ हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ४४ हजार ३०० रहेकामा बिहीबार प्रतितोला रु १ लाख ४३ हजार ३०० मा कारोबार भएकोे थियो ।
यता आज चाँदीको मूल्य पनि बिहीबारको मूल्य भन्दा ५० रुपैयाँ बढ्दै एक हजार ९०० मा कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजर ८५० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।