नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ जेठ ।
गत जेठ २४ गते विहीबारका दिन खाना पकाउने ग्यास सिलिण्डर पड्केर महेन्द्र तामाङ र उनकी श्रीमती विपना तामाङ गम्भीर घाइते भएका छन् ।
नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नं. ७ थर्पुगाउँका श्रीमान श्रीमती तामाङद्वयको खाना पकाउने ग्यास सिलिण्डरको रेगुलेटर परिवर्तन गर्ने क्रममा ग्यास चुहिएर आगो सल्ँिकदा जलेर गम्भीर घाइते भएको जनाइएको छ ।
शरीरको ४० प्रतिशत भाग आगोले जलेर गम्भीर अवस्थामा रहेका तामाङ दम्पतीको हाल कीर्तिपुर बर्न हस्पिटलको आइसीयुको ४०४ र ४०५ क्याविनमा राखेर उपाचार भइरहेको पनि जनाइएको छ ।
पीडित तामाङ दम्पतीको आर्थिक र पारिवारिक स्थिति ज्यादै कमजोर रहेकोले मनकारी महानुभावहरूलाई अर्थिक सहयोग गरिदिनका लागि पनि तामाङ दम्पतीले अनुरोध गरेका छन् ।
थापा दम्पतीको सम्पर्क : इन्द्र लामा, मोबाइल नं. ९८४१८५४३४४