माटोको ढिस्कोमा पुरिएर तीन जना महिलाको मृत्यु

नवलपरासी पूर्व, कावासोती नगरपालिका-३ फलफुल चोकस्थित करिब २० फिट गहिरो निर्माणाधीन नालामा काम गर्ने क्रममा सोही ठाउँमा खनी जम्मा पारेको माटोको ढिस्को खसेर ३ जना महिलाको बिहीबार साँझ मृत्यु भएको छ ।

नगरपालिकाद्वारा ढल निकासीको होम पाईप राख्नको लागि बनाउँदै गरेको उक्त नालामा अचानक माटोको ढिस्को खस्न गई सोही निर्माण कार्यमा काम गर्ने ३ जना महिला कामदार पुरिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले तीनै जनालाई उद्दार गरी उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा पठाएकोमा उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो ।



यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार