मृत अवस्थामा चार जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । महोत्तरी, महोत्तरी गाउँपालिका-४ बस्ने महेन्द्र महतोकी छोरी १५ वर्षीया काजल कुमारी महतो सोही ठाउँस्थित बाँसघारी नजिकै शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

घरबाट खेतमा घाँस काट्न जान्छु भनी हिँडेकी उनी घर फर्कि नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो । त्यस्तै रूपन्देही, रोहिणी गाउँपालिका-३ सिसहनिया प्रतिटोल बस्ने ४० वर्षीय लालु मुराउ आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस्तै प्युठान, प्युठान नगरपालिका-१ बडाचौर बस्ने ६५ वर्षीय गोबिन्द जिसी सोही ठाउँस्थित कुलामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।



उता बागलुङ, जैमुनी नगरपालिका-५ बिनामारे माझगौर घाटस्थित कालिगण्डकी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार