सुन जस्तो देखिने पहेंलो धातुसहित भारतीय नागरिक पक्राउ

अवैध रूपमा लुकाई छिपाई लैजान लागेको करिब ८९ ग्रामको सुन जस्तो देखिने पहेंलो धातुको ब्रासलेट १ थान र सिक्री १ थानसहित भारतीय नागरिक ४३ वर्षीय नितिन महेश्‍वरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

थाई लायन एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट उक्त धातुसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।



उनलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बुझाइने छ ।

सम्बन्धित समाचार