मृत अवस्थामा छ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा छ जना फेला परेका छन् । रूपन्देही, बुटवल उपमहानगरपालिका-८ श्रीपथ सडक पेटीमा गुल्मी चन्द्रकोट गाउँपालिका-२ बिश्वखर्क घर भएका ४५ वर्षीय अर्जुन नेपाली आइतबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै सिन्धुली, मरिण गाउँपालिका-२ कटन डाँडा बस्ने ५८ वर्षीय टेक बहादुर दंगाली सोही ठाउँस्थित मुङ्ग्रेशिर भिरको खोँचमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस्तै मकवानपुर, मनहरी गाउँपालिका-३ डोढेस्थित सडकमा सोही ठाउँ बस्ने ५६ वर्षीय कर्ण बहादुर ब्लोन शनिबार मृत अवस्थामा फेला परेका छन् ।



त्यसैगरी रौतहट, गौर नगरपालिका-४ टिकुलिया बकैयाखोलाको बाँध नजिकै केराबारीमा सोही ठाउँ घर भएका १९ वर्षीय रोहित सहनी शनिबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी रौतहट, चन्द्रपुर नगरपालिका-५ चिडियादहस्थित जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी रौतहट राजदेवी नगरपालिका-५ पटाही टोलस्थित गढैया बाग्मती नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार