सवारी दुर्घटनामा चार जनाको मृत्यु

देशका विभिन्न स्थानबाट भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ दारीमटारस्थित सडकमा ना.७ त ४३७६ नम्बरको ट्याक्टरले बा.७० प ७१८९ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार कालिकोट सान्नि त्रिवेणी गाउँपालिका-४ बस्ने ३० वर्षीय रमेश तिरूवाको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको काठमाडौं ट्रमा सेन्टरमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । त्यस्तै नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-१२ भुमही चोकस्थित सडकमा साईकल अनियन्त्रित भई पल्टिँदा साइकलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी २९ वर्षीय पुरूषको आइतबार दिउँसो मृत्यु भएको छ ।



गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै सिरहा, धनगढी नगरपालिका-८ कसाह चोकस्थित सडकमा प्रदेश २-०३-००१ ख ३७८५ नम्बरको ट्रकले स.५ प १९९० नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा
मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३० वर्षीय राजेश्वर यादव र सोही मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने श्याम सुन्दर यादवको छोरा १३ वर्षीय लालबाबु यादवको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका राजेश्वरको घटनास्थलमै र लालबाबुको आरके मेडिसिटि धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार