डुबेर चार जनाको मृत्यु

देशका विभिन्न स्थानमा डुबेर चार जनाको मृत्यु भएको छ । नवलपरासी पूर्व, कावासोती नगरपालिका-१३ गैरीस्थित नारायणी नदीमा माछा मार्ने क्रममा डुबेर सोही ठाउँ बस्ने ३७ वर्षीय पूर्ण बहादुर मुसहरको आइतबार बिहान मृत्यु भएको छ ।

त्यस्तै नुवाकोट, तादी गाउँपालिका-३ बाङ्गेटारस्थित तादी खोलाको ककरे दहमा पौडी खेल्ने क्रममा डुबेर सोही गाउँपालिका-१ बस्ने मिन बहादुर तामाङकी छोरी १३ वर्षीया अनिषा थिङ तामाङको शनिबार साँझ मृत्यु भएको छ । यस्तै कञ्चनपुर, बेदकोट नगरपालिका-६ बछेला खोलामा डुबेर बेलौरी नगरपालिका-४ बस्ने २५ वर्षीय लक्ष्मण रेग्मीको शनिबार साँझ मृत्यु भएको छ ।



पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सुडा र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो । यता कैलाली, भजनी नगरपालिका-९ भुरूवा बस्ने करण राजीको छोरा १५ वर्षीय दिपेश राजीको सोही ठाउँस्थित कान्द्रा नदीमा पौडी खेल्ने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार