मृत अवस्थामा दुई जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा दुई जना फेला परेका छन् । नवलपरासी पश्‍चिम, पाल्हीनन्दन गाउँपालिका-१ स्थित झाडीमा भारत महाराजगंज ग्रामसभा राजावारी बस्ने ३२ वर्षीय सुदामा हरिजन आइतबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै गुल्मी, इस्मा गाउँपालिका-१ जुकेपानी बस्ने ६२ वर्षीय ठग बहादुर राना मुसिकोट नगरपालिका-२ टारीडाँडाका पाटास्थित खेतको पाखामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।



यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार