नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ असार ।
स्विजरल्याण्डको लक्जरी ब्राण्ड बालीमा ४० प्रतिशतसम्म छुटको घोषणा गरिएको छ । १८५१ मा स्विजरल्याण्डमा जन्मिएको लक्जरी ब्राण्ड बालीको दबारमार्गस्थित सोरुम वाच ग्यालरीमा यस्तो छुटको घोषणा गरिएको हो ।
लक्जरी सुज, ब्याग, बेल्ट, वालेट लगायतका उत्पादनहरुमा विश्वप्रख्यात ब्राण्ड बालीलाई नेपाली बजारमा वाच ग्यालरीले विक्री वितरण गर्दै आएको छ ।
सर एडमण्ड हिलारीसँगै तेन्जिङ नोर्गेले पहिलो पटक समगरमाथाको आरोहण गर्दा लगाएका रेनडियर बुटहरु हुन् वा स्विस ओलम्पिक टोलीले लगाउने प्राविधिक रुपमा सम्मुन्न कर्लिङ सुजहरु हुन्, बालीले सदैब गुणात्मक उत्पादनलाई प्राथमिकता दिंदै आएको छ ।
१७२ बर्षभन्दा लामो आफ्नो लेगेसीलाई कायम राख्दै आजको अत्याधुनिक प्रविधी र आधुनिकतासँग हातेमालो गर्न सिपालु बाली विश्वभरका सेलिब्रेटी, ब्यावसायी तथा संभ्रान्तहरुको पहिलो रोजाई बन्दै आएको छ ।
होटल उडल्याण्डसँगै दरबारमार्गमा रहेको वाच ग्यलरीले नेपाली बजारमा लामो समयदेखी बालीको आयात तथा विक्री वितरण गर्दै आएको छ । हालै बालीको नयाँ कलेक्सन भित्र्याएको वाच ग्यालरीले कम्पनीसँगको सहकार्यमा नेपाली उपभोक्ताका लागि विशेष छुटको मौका ल्याएको हो ।