नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ असार l
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-७ चिसापानीबाट अवैध लागूऔषध गाँजा करिब ६ सय १५
किलो ९३ ग्रामसहित सोही ठाउँ बस्ने उदयपुर कटारी नगरपालिका-६ घर भएका ४६ वर्षीय
कुमार पाख्रिनलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
हरिहरपुरगढी गाउँपालिका-७ चिसापानीस्थित गोठमा गाँजा लुकाई छिपाई राखेको
भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले गोठको
तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ l