मौसम : आंशिक बदली रहनेदेखि मेघ गर्जनसहित वर्षाको सम्भावना

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव  रहेको छ  साथै बाँकी भू-भागमा स्थानीय वायु  आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।।

आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती  र गण्डकी प्रदेशका पहाडी भूभागका  एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहने छ |



आज रातीː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र  लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका  एक-दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहने छ |

सम्बन्धित समाचार