बहिनीको हत्या गरेको अभियोगमा दाइ पक्राउ

आफ्नै बहिनी २० वर्षीया तेतरीकुमारी रामको हत्या गरेको अभियोगमा उनकै दाइ रौतहटको परोहा नगरपालिका-८ नरकटिया टोल बस्ने २२ वर्षीय दीपन्द्रकुमार रामलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

दीपन्द्र कुमारले घरायसी विवादको कारण रिस आवेगमा आई बाँसको मुङ्ग्रोले प्रहार गर्दा गम्भीर घाइते भएकी तेतरीको वीरगंजस्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।



उनी उपर ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा जिल्ला अदालत रौतहटबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार