डुबेर दुई जनाको मृत्यु

देशका विभिन्न स्थानमा डुबेर दुई जनाको मृत्यु भएको छ । दाङ, तुलसीपुर उपमहानगरपालिका-४ गतेरा बस्ने बिना पुनको छोरा ८ महिनाको सल्लिम पुनको प्लाष्टिकको बाटामा रहेको पानीमा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ ।

आफ्नै घरमा खेल्ने क्रममा आँगनमा रहेको प्लाष्टिकको बाटामा डुबेर अशक्त भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै रोल्पा, सुनिलस्मृति गाउँपालिका-४ छिर्ने बस्ने खम्ब बहादुर बुढाको छोरा १७ वर्षीय बिमल बुढाको सोही ठाउँस्थित लुङग्री खोलामा डुबेर सोमबार बेलुकी मृत्यु भएको छ ।



माछा मार्ने क्रममा डुबेर अशक्त भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार