पहिरोका कारण विभिन्न पाँच स्थानका सडक अवरोध

अविरल वर्षाको कारण बुधबार बिहान पहिरो जाँदा जाजरकोट, कालिकोट, लमजुङ, अछाम र म्याग्दी गरी पाँच ठाउँमा सडक अवरोध भएको छ ।

जाजरकोट, भेरी नगरपालिका-१ रिम्नास्थित डोल्पा-जाजरकोट सडक खण्ड, कालिकोट खाँडाचक्र नगरपालिका-७ पिलीस्थित कर्णाली राजमार्ग, लमजुङ बेसीशहर नगरपालिका-६ खरखरेस्थित बेसीशहर-मनाङ सडक खण्ड, अछाम साँफेबगर नगरपालिका- १३ बुढाबगरस्थित साँफे-मार्तडी सडक खण्डमा र म्याग्दी रघुगंगा गाउँपालिका-१ तिप्ल्याङस्थित बेनी-जोमसोम सडक खण्ड पहिरोका कारण पूर्णरूपमा अवरोध भएको छ ।



पहिरो गएका सबै स्थानमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै अवरोध सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय गरीरिरहेको छ ।

सम्बन्धित समाचार