जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा काठमाडौँका विभिन्न स्थानबाट १४ जना पक्राउ परेका छन् । काठमाडौं, चन्द्रागिरी नगरपालिका-५ किसिपिडी डेरा गरी बस्ने बिनोद तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९७ हजार ५ सय ५० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका-१५ स्वयम्भू भगवाँनपाउ डेरा गरी बस्ने काभ्रे तेमाल गाउँपालिका-६ घर भएका ५० वर्षीय वाच्छु तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।



प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार ६ सय रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार