मृत अवस्थामा चार जना फेला

मृत अवस्थामा देशका विभिन्न स्थानबाट चार जना फेला परेका छन् । बारा, जितपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरास्थित नारायणी स्पार्ट कम्पनीका सुरक्षा गार्ड सिन्धुली कमलामाई नगरपालिका-९ सुकेखोला बस्ने ४६ वर्षीय भरत कुमार माझी आफू सुत्ने कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै कास्की, पोखरा महानगरपालिका-३१ सिमलडाँडास्थित न्याय कुना जाने बाटोमा सोही ठाउँ बस्ने ५९ वर्षीय बिष्णु मिजार बुधबार मृत अवस्थामा फेला परेका छन् । यस्तै झापा, दमक नगरपालिका-१ बुद्धटोल बस्ने ६३ वर्षीया सरीमाया तामाङ आफ्नै खेतको आलीमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।



उता चितवन, भरतपुर महानगरपालिका-७ गौतम चोकस्थित चितवन फुटसलको स्टाफ कोठाभित्र माडी नगरपालिका-६ बस्ने २३ वर्षीय अखिल सापकोटा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार