स्रोत नखुलेको २० लाख ४० हजारसहित एक व्यक्ति पक्राउ

स्रोत नखुलेको अवैध रकम कारोबार गरेको अभियोगमा काठमाडौं महानगरपालिका- १२ ब्रम्ह टोल बस्ने भारत बिहान मोतिहारी घर भएका ३८ वर्षीय निरन्जन कुमारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त टोलस्थित प्रतिक ईन्टरप्राइजेजमा गैरकानूनी रूपमा आर्थिक कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले इन्टरप्राइजेजबाट स्रोत नखुलेको नगद करिब २० लाख ४० हजार रूपैयाँसहित उनलाई पक्राउ गरेको हो ।



साथै थप अनुसन्धानको क्रममा कुमारले प्रतिबन्धित भर्चुअल रकम वाइनेन्स मार्फत हालसम्म करिब ६ करोड २६ लाख ६९ हजार ९ सय ४७ रूपैयाँ समेत कारोबार गरेको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार