नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ असार ।
देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । काठमाडौं महानरपालिका-११ त्रिपुरेश्वर नजिकै टुकुचा खोला छेउमा बस्ने ८६ वर्षीया सुभद्रा श्रेष्ठ बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । आफ्नै घरको पुजाकोठामा जलेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो ।
त्यसतै काभ्रे, धुलिखेल नगरपालिका-६ स्थित धुलिखेल अस्पतालको एमरजेन्सी वार्डको बिरामी कुरूवा कोठामा हाल नाम, थर वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस्तै झापा, शिवसताक्षी नगरपालिका-२ डाइबर चोक बस्ने २८ वर्षीय बुद्धे बेस्रा सोही ठाउँस्थित पानी जमेको खेतमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
बुधबार बिहान घरबाट हिडेँका उनी घर फर्की नआएकोले खोजी गर्ने क्रममा शव फेला परेको हो । उता झापा, गौरीगंज गाउँपालिका-५ छहारी चोकस्थित नर्सरी भित्र जमेको पानीमा सोही ठाउँ बस्ने ४५ वर्षीय दुर्गा मर्डी बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।