जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । १२ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रौतहट, देवाही गोनाही नगरपालिका-९ कर्कच बस्ने २० वर्षीय सुधिर कुमार रामलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

रामले ती किशोरीलाई बिहीबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा खोटाङ, बराहपोखरी गाउँपालिका-२ बस्ने २५ वर्षीय ढक बहादुर रानामगरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।



मगरले ती किशोरीलाई सोही ठाउँस्थित खाली घरमा लगेर सोमबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार