मृत अवस्थामा छ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा छ जना फेला परेका छन् । मोरङ, विराटनगर महानगरपालिका-१६ बस्ने ६५ वर्षीय दुखिया ऋषिदेव सोही ठाउँस्थित खोल्सामा जमेको पानीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । घरबाट बुधबार साँझ काम गर्न जान्छु भनी हिँडेका उनी घर फर्केर नआएकोले खोजी गर्ने क्रममा शव फेला परेको हो ।

त्यस्तै ललितपुर, ललितपुर महानगरपालिका-१८ नख्खुस्थित चितवन कोइ नेपाल कन्ट्रक्सनमा काम गर्ने चितवन घर भएका ४५ वर्षीय अर्जुन प्रसाद पौडेल कन्ट्रक्सनभित्र रहेको टहरे चियापसलमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै गोरखा, सिरानचोक गाउँपालिका-५ एक्लेफाँटमा सोही गाउँपालिका-५ जरेवर बस्ने ३७ वर्षीय राम बहादुर बानियाँ बिहीबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै पाँचथर, फाल्गुनन्द गाउँपालिका-७ याङ्सिबुङ बस्ने खेम बहादुर आङ्देम्बेको छोरा १६ वर्षीय टथेन आङ्देम्बे सोही गाउँपालिकाको वडाध्यक्षको घर बाहिर खाटमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी पाँचथर, फिदिम नगरपालिका-४ स्थित पाथीभरा भेनियर उद्योग नजिक सडकको नालीमा हाल नाम, थर, वतन नखुलेका पुरूष बिहीबार सडिगलेको अवस्थामा मृत फेला परेका छन् ।

यता गोरखा, गण्डकी गाउँपालिका-८ घ्याल्चोकस्थित बुढीगण्डकी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार